१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

प्रतिनिधिसभा विघटन विरुद्ध पाँच दल सर्वोच्च जाँदै, सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन निर्देशन



काठमाडौं । विपक्षी पाँच दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद सचिवालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदलतमा मुद्दा हाल्ने तयारी गरेका विपक्षी पाँच दलले प्रधानमन्त्रीमा प्रस्तावित गरेका शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गरेका आआफ्ना सबै सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव पक्ष, जसपा यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । सबै सांसदहरुको भौतिक उपस्थिति र नागरिकतासहित सर्वोच्चमा प्रतिनिधिसभा विघटन विरुद्ध रिट हाल्ने विपक्षी गठबन्त्रधनको तयारी रहेको छ । विपक्षी दलहरुले तयारी पुगे आजै नपुगे भोलिसम्म सर्वोच्चमा रिट हाल्ने योजना बनाएका छन् ।
शनिबार बसेको पाँच दलको बैठकले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र संविधान विपरित भएको ठहर गर्दै यसविरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको थियो ।

देउवाले प्रधानमन्त्रीमा गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा उनलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेकी थिइन । त्यसको केही समभित्रै भण्डारीले प्रधानमन्त्री केपी ओलीको योजनामा प्रतिनिधिसभा विघटन गरेकी थिइन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ९ : ५५ बजे

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन्

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

बागलुङ । बागलुङ नगरपालिका-३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको