२४ बैशाख २०८१, सोमबार | May 6, 2024

जसपाको उपेन्द्र समूहले पार्टी विरोधी गतिविधिमा लागेका कार्यकर्तालाई खोजीखोजी कारवाही गर्ने



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले पार्टी विरोधी गतिविधिमा संलग्न भएका कार्यकर्तालाई खोजीखोजी कारवाही गर्ने भएको छ । जसपाको बहुमत केन्द्रीय कार्यकारिणी सदस्य रहेको दाबी गरिरहेको यादव पक्षले पार्टीका कुनै पनि सदस्य सरकारमा सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय समेत गरेको छ । पार्टीका प्रचार(प्रसार विभाग प्रमुख डम्बर खतिवडाद्वारा आज जारी विज्ञप्ति जारी गर्दै पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको जानकारी दिईएको छ ।

पार्टीको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेको भन्दै नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका ४ नेतालाई स्पष्टीकरण सोधिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले यस अघि महन्त ठाकुरालाई दिईएको पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय समेत गरेको खतिवडाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेको हुँदा कुनै अमूक व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो रहेको उल्लेख गर्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनाइएको समेत विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

जेठ ७ गते मध्यरातमा महन्थ ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको र त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने समेत बैठकले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ९ : २९ बजे

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता