५ पुस २०८२, शनिबार | December 21, 2025

प्रतिनिधि सभा विघटन संविधानको मर्म विपरित भएको प्राध्यापक संघको ठहर



बुटवल । प्रतिनिधीसभा पुर्नस्थापना गरेको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधि सभा विघटन गरिएको घटनालाई नेपाल प्राध्यापक संघले संविधानको मर्म विपरित भएको ठहर गरेको छ । संघले अदालतको मानहानी हुनेगरी प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु आफैमा गम्भीर त्रुटि र भत्सर्नायोग्य रहेको पनि स्पष्ट पारेको छ ।

नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा. डा. बुद्ध बहादुर थापाले जारी गरेको वक्तव्यमा प्रतिनिधि सभाको विघटनसहितका पछिल्ला केही राजनीतिक घटनाक्रमले संविधानको मूल मर्म, आशय र प्रावधानहरुमानै प्रतिकूल प्रभाव पारेको उल्लेख छ ।

वक्तव्यमा लेखिएको छ, “नेपालकोे राजनीतिक स्थिरताका खातिर व्यक्त भएका सबै आन्दोलनहरु र त्यसैको सापेक्षतामा रहेर निर्माण भएको नेपालको संविधान–२०७२ प्रति हामी सबैको आस्था, भरोसा, सम्मान र योगदान रहेको छ । तर पछिल्ला केही घटनाबाट संविधान क्रमशः कमजोर हुँदै जाने र प्राप्त उपलब्धीहरु गुम्न गई राजनीतिक अस्थिरता झनै बढेर जाने होकी रु भन्ने यस संघको बुझाई र चिन्ताको विषय रहेको छ ।”

संविधानको रक्षा, संवैधानिक भावना अनुरुप त्यसको सहज कार्यान्वयन र कोभिड–१९ को नियन्त्रण गर्नु नै अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने प्राध्यापक संघको ठहर छ ।

महंगो मध्यावधी निर्वाचन नगरेर यसमा लाग्ने खरबौँ रकमबाट खोपको सहज पहुँच पु¥याउँदै सातै प्रदेशहरुमा अस्पतालको निर्माण गरी महामारीको विरुद्ध उभिनुनै अहिलेको प्रमुख दायित्व भएको संघले सुझाएको छ ।

नागरिकहरुलाई समयमै खोप लगाउने विषयमा राज्यले विलम्ब गरिरहेकोप्रति असन्तुष्टि जनाउदै संघले विश्वविद्यालय, सामुदायिक क्याम्पसहरु र विद्यालयहरुका प्राध्यापक, शिक्षक–विद्यार्थी लगायतलाई खोपको प्राथमिकतामा नपारेकै कारण यस क्षेत्रमा संक्रमित र दिवंगत हुनेहरुको संख्या बढेको दावी गरेको छ ।

स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राखेर त्यसमा नागरिकहरुको सर्वशुलभ ढंगबाट पहुँच पु¥याइनु पर्छ भन्ने संघले उठाउँदै आएको वक्तव्यमा स्मरण गराइएको छ ।

महामारीको दोस्रो लहर नेपालमा भित्रिदै छ भन्ने संकेत छिमेकी मुलुक भारतमा भएको दर्दनाक अवस्थाबाट पाउदा पाउदै पनि समयमानै हाम्रा नाकामा र मुलुक भित्र उपयुक्त व्यवस्थापन गर्न नसक्नु गम्भीर कमजोरी र लापर्वाही भएको संघले आरोप लगाएको छ ।

विषेश गरेर सरकार एक आपसी आन्तरिक कलह, ठुलाठुला आमसभा र आरोप प्रत्यारोपमा रमाउँदै राजनीतिक शक्ति संघर्षको फोहोरी खेलमा व्यस्त भएको तर राजनीतिक नेतृत्वमा मानवीय संवेदना र जनउत्तरदायित्वको भावना नदेखिएको प्राध्यापक संघका अध्यक्ष थापाद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १० : ५८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ