१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेपाललाई खोप उपलब्ध गराइदिन भारतीय र चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरूद्धको खोपमा सहयोग गर्न चिनियाँ र भारतीय राष्ट्रपतिलाई आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिङफिङसँग टेलिफोन वार्ता गरकी छिन् भने भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र नै पठाएकी छिन् ।

चिनियाँ समकक्षी सी सँग राष्ट्रपति भण्डारीको पौने घण्टा टेलिफोनमा कुरा भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले बताएका छन् । राष्ट्रपति भण्डारीले नेपालले चीनबाट खोप खरिद गर्न इच्छुक रहेको भन्दै त्यसमा पहल गरिदिन आग्रह गरेकी थिइन । भण्डारीले कोरोना विरुद्धको युद्धमा चीनले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै नेपालमा चिनियाँ सहयोगप्रति आभार व्यक्त गरेकी थिइन ।

जवाफमा राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न आफूले पहल गर्ने आश्वासन दिएका छन् । चीनले नेपाललाई ८ लाखा डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको छ ।

यसैगरी राष्ट्रपति भण्डारीले भारतीय समकक्षी कोविन्दलाई पत्र पठाउँदै नेपालमा भारतीय खोपको पहिलो डोज लगाएका लाखौं नागरिक दोस्रो डोजको प्रतिक्षामा रहेको उल्लेख गर्दै नेपालले खरिद गरेको खोप उपलब्ध गराइदिन आग्रह गरेकी छिन् । भण्डारीले भारतले अनुदानमा दिएको खोपका लागि भारत सरकार र जनतालाई धन्यवाद दिएकी थिइन्।

भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको छ । तर, नेपालले खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख मात्र प्राप्त गरेको छ । बाँकी १० लाख डोज खोप निर्यातमा भारतले रोक लगाएको छ । नेपालले २० लाख डोजकै रकम भारतलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : ४६ बजे

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा