५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोनाबाट ईटलीमा एकैदिन ६२७ को मृत्यु, १३ जना डाक्टरको पनि ज्यान गयो



एजेन्सी । कोरोनाको उद्गम मुलुक चीनमा भन्दा ईटालीमा कोरोनाको प्रभाव तिब्र गतिमा अगाडी बढेको छ । शुक्रबार मात्रै ईटलीमा ६ सय २७ जनाको मृत्यु भएको छ । एकै दिन धेरैको मृत्यु भएको यो अहिलेसम्मकै ठूलो आँकडा छ । ईटलीमा अहिलेसम्म ४ हजार ३२ को मृत्यु भएको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन ।

यहाँको लोम्बार्डी क्षेत्रको उत्तरी क्षेत्र कोरोना भाईरसद्वारा अत्यधिक प्रभावित क्षेत्र हो । यो क्षेत्रमा मात्रै २ हजार ५ सय ४९ जनाको मृत्यु भैसकेको छ । ईटालीमा अहिले पार्कमा घुम्ने, ब्यायाम गर्ने, मोटरसाईकल र साईकल चलाउनेलगायतका थुप्रै प्रतिबन्धहरु लगाईएका छन । ईटालीमा मुत्यु हुनेहरुको औसत आयु ७९ दशमलव ५ रहेको छ ।

त्यहाँका सिभिल प्रोटेक्सन प्रमुख एंजेलो बेरेलीले स्थानीय सञ्चार माध्यमसंग कुरा गर्दै भने, ‘आगामी एक सातासम्म मृत्यु हुनेहरुको गति घट्ने अवस्था देखिंदैन ।’ कोरोनका कारण ईटालीमा हालसम्म १३ जना डाक्टरहरुको मृत्यु भएको छ भने २ हजार ६ सय २९ जना डाक्टर संक्रमित भएका छन ।

त्यस्तै ब्रिटेनमा पनि एकै दिन अर्थात शुक्रबार ३३ जनाको मृत्यु भएको छ । बेलायत सरकारले गएरातीदेखि ण्देशभर लकडाउनको घोषणा गर्दै कसैलाई पनि अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आदेश दिएको छ । त्यस्तै चीनमा ३ हजार २ सय ४८ को मृत्यु भएको छ भने ८० हजार ९ सय ६७ जना संक्रमित छन ।

त्यसैगरि स्पेनमा १ हजार ९३ जनाको मृत्यु भएको छ भने २१ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ईरानमा १ हजार ४ सय ३३ को मृत्यु भएको छ भने १९ हजार ६ सय ४४ को मृत्यु भएको छ ।

विश्वका १ सय ८५ मुलुकमा फैलिएको कोरोना भाईरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९७ पुगेको छ । कोरोनाका कारण हालसम्म २ लाख ७५ हजार ७ सय ४१ जना संक्रमित भएका छन भने ९१ हजार ९ सय १२ जना निको भैसकेका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : १७ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको