१० भदौ २०८३, बुधबार | August 26, 2026

राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरिन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले संविधानको पालना नगरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसमा आज भर्चुअल सम्बोधन गर्दै सभापति देउवाले आफुले संविधानको धारा ७६ ५ अनुसार बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरे पनि राष्ट्रपतिले गैरसंवैधानिक ढंगले नियुक्त नगरेको बताएका हुन् । देउवाले १४९ सांसदको हस्ताक्षर आफूले राष्ट्रपतिकहाँ बुझाएको बताउँदै राष्ट्रपतिले त्यसलाई सनाखत नगरी मध्यरातमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

देउवाले प्रधानमन्त्रीमा दुवै पक्षको दाबी परेपछि छलफलका लागि बोलाउनुपर्नेमा राष्ट्रपतिले त्यसो नगरी ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गरेको जिकिर गरे । देउवाले भने, ‘बरू राष्ट्रपतिले भेरिफाइ गरेको भए हुन्थ्यो। सांसद बोलाएको भए पनि हुन्थ्यो,’ तर राति विघटन गर्नुभयो। राष्ट्रपतिजस्तो व्यक्तिले यसरी प्रधानमन्त्रीले भन्दैमा संविधानको ठाडो उलंघन गर्नुभएको छ।’

संविधानको धारा ७५ ५ मा कुनै पनि सदस्य विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने रहेको उनले बताए । वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि हस्तक्षेप गरिएका कारण आफुहरु न्याय माग्न सर्वोच्चमा गएको पनि देउवाले बताए ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १२ : ४३ बजे

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत