२९ भदौ २०८३, सोमबार | September 15, 2026

भारतमा कोभिड–१९ को संक्रमण दर घट्दै



एजेन्सी । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

बिहीबार भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सब भन्दा कम हो । कोरोना शुरु भएयतम देशभर हालसम्म कूल संक्रमित २ करोड ७५ लाख भन्दा बढी भएको छ ।

भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ५९ हजार ४५९ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ६६० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १८ हजार ८९५ जनाको ज्यान गएको छ ।

साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ९० लाख ३९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड ५७ लाख डोज खोप लगाइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ६ : ११ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ