१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोलले पराजित



काठमाडौं । घरेलु टिम इराकविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६-२ गोल अन्तरले पराजित भएको हो ।

इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे । नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे । खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरेका हुन् ।

खेलको २९ औं मिनेटमा मनिषको गोलबाट नेपालले २-१ को अग्रता बनायो । सन्तोष तामाङको पासलाई सदुपयोग गर्दै इराकी गोलकिपर अघि बढेको अवस्थामा मनिषले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । उनको यो डेब्यु खेलमा डेब्यु गोल हो । ३९ औं मिनेटमा मोहमद अब्दुल्जाराले हेडरमार्फत गोल गर्दै इराकलाई २-२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि इराकले नेपालविरुद्ध लगातार गोल गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४(२ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा मोहनद अलिले गोल गरेपछि इराक ५-२ ले अघि रह्यो । सुमन अर्यालको ब्याक पास नियन्त्रणमा लिदै उनले गोल गरे । त्यसपछि खेलको ७५ औं मिनेटमा सजाद जासिमले गोल गर्दै इराकलाई ६-२ को फराकिलो जित दिलाए ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

अब नेपाली टिम आइतबार सडकको बाटो हुँदै विश्वकप छनौटका लागि कुवेत जानेछ । कुवेतमा नेपालले जुन ३ मा चाइजीन ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा इराकसँग खेल्नेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ६ : ०६ बजे

निर्वाचन अवधिभर पाँचथरको नेपाल-भारत सीमाबाट आवतजावतमा रोक

पाँचथर। जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर

आज चन्द्रग्रहण लाग्ने, नेपालबाट एक घण्टा देखिने

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका