१२ असार २०८३, शुक्रबार | June 26, 2026

युईएफए च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई



काठमाडौं । ‘युईएफए च्याम्पियन्स लिग’ अन्तर्गत शनिवार राति भएको फाइनल खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ ।

पोर्टोको ‘स्टेडियो डे ड्रागो’मा खेलिएको फाइनल खेलमा एकमात्र गोल चेल्सीका ‘काई हाभर्ज’ले गरे । पहिलो हाफको ४२औं मिनेटमा ‘मेसन माउन्ट’को पासलाई हाभर्जले गोलमा परिणत गर्दा चेल्सीले खेलमा अग्रता लिएको थियो ।

पहिलो हाफमा खासै खेल देखाउन नसकेको सिटीको टोलीले दोस्रो हाफमा भने दबदबा बनायो । तर चेल्सीको बलियो रक्षापंक्तिको अगाडी सिटीको केही चलेन र खेल चेल्सीले १-० गोलले आफ्नो पक्षमा पार्यो ।

यस जितसँगै चेल्सीको यो ‘दोस्रो’ च्याम्पियन्स लिग उपाधि हो। दुवै इंग्लिश टोली च्याम्पियन्स लिगको फाइनलमा भिड्दा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीले पराजय भोगेको हो । गत वर्ष ‘पीएसजी’का प्रशिक्षकका रूपमा च्याम्पियन्स लिगमा उपविजेता बनेका वर्तमान चेल्सीका प्रशिक्षक ‘थोमस टुचेल’को यो पहिलो च्याम्पियन्स लिग उपाधि हो ।

त्यस्तै सन् २०११ पछिको पहिलो ‘च्याम्पियन्स लिग’ उपाधि जित्ने दाउमा रहेका सिटीका प्रशिक्षक ‘पेप ग्वार्डियोला’को सपना भने अधुरै रहेको छ । उनले अन्तिम पटक बार्सिलोनासँग च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ६ : २० बजे

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण