२१ माघ २०८२, बुधबार | February 4, 2026

कोरोनाबाट इटालीमा एकैदिनमा ७९३ काे मृत्यु, चीनमा नयाँ विरामी भेटिएनन



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले अहिले ईटालीमा त्राहिमाम मच्चाएको छ । त्यहाँ शनिबार मात्रै कोरोनाकै कारण ७ सय ९३ जनाको मृत्यु भएको छ ।

यो अहिलेसम्मकै सर्वाधिक उच्च अंक हो । जसअनुसार ईटालीमा अहिलेसम्म मृतकको संख्या ४ हजार ८ सय २५ पुगेको छ । यो आंकडा विश्वभरका मृतकहरुको संख्यामा ३८ दशमलव ३ प्रतिशत हो ।

यहाँ संक्रमितहरुको संख्या पनि बढ्दो छ । अहिलेसम्म ५३ हजार ५ सय ७८ जनामा संक्रण पुष्टि भएको छ । मिलान नजिकै उत्तरी लोमबार्डी क्षेत्रमा मृतकको संख्या धेरै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । बृद्ध बृद्धा र बालबालिकालाई बढी लाग्ने भनिएको कोरोना भाईरसलाई ईटालीकी ९५ बर्षीया एक बृद्धाले जितेकी छिन । मोडेना प्रान्तकी यि हजुरआमा कोरोनाबाट निको हुने पहिलो महिला बनेकी छिन ।

त्यहा अहिलेसम्म ६ हजार ७२ जना निको भैसकेका छन । कोरोनाको उद्गम मुलुक चीनमा भने पछिल्ला दिन मृतक र संक्रमितहरुको कुनै पनि नयाँ तथ्यांक आएको छैन । त्यहाँ अहिलेसम्म ३ हजार २ सय ५५ को मृत्यु भएको छने ८१ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ७१ हजार ७ सय ४० जना निको भैसकेका छन ।

ईटाली, स्पेन, फ्रान्स, श्रीलंकालगाएत कैयौं अमेरिका राज्यहरु शतप्रतिशत लकडाउन भएका छन । जस अनुसार ३५ देशका ९० करोड बढी मानिसहरु घरभित्रै बस्न बाध्य बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । त्यसैगरि शनिबार मात्रै कम्तीमा ४० अफ्रिकी मुलुकमा पनि कोरोनाको संक्रमण पुगेको पुष्टि भएको छ ।

एकसय ८८ मुलुकमा फैलिएको कोरोना भाईरसका कारण अहिलेसम्म विश्वभर १३ हजार ३४ जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार ३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै निको हुनेहरुको संख्या ९५ हजार ७ सय ९५ पुगेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २१ बजे

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१

संसद् पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी रिटमा