१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

ईन्टर स्पोर्ट्स क्लबद्धारा अतिविपन्नलाई राहत



बुटवल । बुटवल लक्ष्मीनगरमा रहेको इन्टर स्पोर्ट्स क्लबले सामाजिक उत्तरदायित्व अन्तरर्गत सोमबार राहत वितरण गरेको छ ।

क्लबको कार्यालय परिसरमा लक्ष्मीनगर बसोबास गर्ने गरिब तथा अति विपन्न ७० परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

क्लबका महासचिव होम बहादुर क्षेत्रीले कोभिड-१९ को संक्रमण बढेसंगै गुजारा चलाउन समस्यामा परेका परिवारहरुलाइ राहत वितरण गरेको बताए । प्रत्येक घरधुरी २० किलो चामल, २ किलो दाल, २ किलो सोयाबिन, १ केजी चिनी, १ लिटर तेल, एक प्याकेट नुनका दरले वितरण गरेको क्षेत्रीले बताए ।

राहतका लागि अमेरिका निवासी क्लबका अध्यक्ष मधु कार्कीबाट ५० हजार रुपैयासंगै क्लबका सबै सदस्यहरुबाट थोरै थोरै रकम उठाएको उनले बताए । एक महिना अघिबाट क्लबमार्फत राहत वितरण गरेको क्लबका उपाध्यक्ष वसन्त श्रेष्ठले राहत कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रमका संयोजक अशोक सेनले क्लबका सदस्य मदन क्षेत्रीको माता मृगौला उपचारको क्रममा मृत्यु भएको हुदा अन्त्येष्टि कर्मका लागि नगद १५ हजार रुपैया सहयोग गरिएको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १२ : २८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू