१७ बैशाख २०८१, सोमबार | April 29, 2024

ईन्टर स्पोर्ट्स क्लबद्धारा अतिविपन्नलाई राहत



बुटवल । बुटवल लक्ष्मीनगरमा रहेको इन्टर स्पोर्ट्स क्लबले सामाजिक उत्तरदायित्व अन्तरर्गत सोमबार राहत वितरण गरेको छ ।

क्लबको कार्यालय परिसरमा लक्ष्मीनगर बसोबास गर्ने गरिब तथा अति विपन्न ७० परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

क्लबका महासचिव होम बहादुर क्षेत्रीले कोभिड-१९ को संक्रमण बढेसंगै गुजारा चलाउन समस्यामा परेका परिवारहरुलाइ राहत वितरण गरेको बताए । प्रत्येक घरधुरी २० किलो चामल, २ किलो दाल, २ किलो सोयाबिन, १ केजी चिनी, १ लिटर तेल, एक प्याकेट नुनका दरले वितरण गरेको क्षेत्रीले बताए ।

राहतका लागि अमेरिका निवासी क्लबका अध्यक्ष मधु कार्कीबाट ५० हजार रुपैयासंगै क्लबका सबै सदस्यहरुबाट थोरै थोरै रकम उठाएको उनले बताए । एक महिना अघिबाट क्लबमार्फत राहत वितरण गरेको क्लबका उपाध्यक्ष वसन्त श्रेष्ठले राहत कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रमका संयोजक अशोक सेनले क्लबका सदस्य मदन क्षेत्रीको माता मृगौला उपचारको क्रममा मृत्यु भएको हुदा अन्त्येष्टि कर्मका लागि नगद १५ हजार रुपैया सहयोग गरिएको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १२ : २८ बजे

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ