८ बैशाख २०८३, मंगलबार | April 21, 2026

‘कोपा अमेरिका २०२१’ ब्राजिलमा हुने



काठमाडौं । विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७ औं संस्करण ब्राजिलमा आयोजना हुने भएको छ । अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले प्रतियोगितास्थल ब्राजिलमा सारेको हो ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल)ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना गरिनेजानकारी दिएको हो ।

सरकारबाट प्रतियोगिता गर्न आवश्यक स्वीकृति पाउन कठिन हुने देखेपछि स्थगित गर्ने निर्णय लिइएको हो । सरकारले सुरक्षा मापदण्ड बनाएर घरेलु खेलहरू सञ्चालन गर्न अनुमति दिएको छ । तर, अनावश्यक यात्रा र क्रियाकलापहरू सरकारले रोक लगाएको छ ।

अर्जेन्टिनामा हाल दैनिक ३४ हजार बढी दैनिक संक्रमण देखिएको छ । पछिल्लो दुई सातामा ५४ प्रतिशत संक्रमण दर बढेपछि प्रतियोगितास्थल सार्ने निर्णय गरिएको हो ।

यसअघि राजनीतिक अस्थिरताका कारण कन्मेबोलले सहआयोजक कोलोम्बियालाई हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो । राष्ट्रपति इभान डुकविरूद्ध त्यहाँको नागरिकले बिरोध प्रदर्शन गर्नुका साथै सडकमा हिंसात्मक घटना भएको थियो ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीकै कारण एकवर्ष पछि सरेको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ८ : ५४ बजे

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

कपुर-खनाल भेट, नेपाल-अमेरिका सम्बन्धबारे छलफल

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पल