२३ बैशाख २०८१, आइतबार | May 6, 2024

‘कोपा अमेरिका २०२१’ ब्राजिलमा हुने



काठमाडौं । विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७ औं संस्करण ब्राजिलमा आयोजना हुने भएको छ । अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले प्रतियोगितास्थल ब्राजिलमा सारेको हो ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल)ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना गरिनेजानकारी दिएको हो ।

सरकारबाट प्रतियोगिता गर्न आवश्यक स्वीकृति पाउन कठिन हुने देखेपछि स्थगित गर्ने निर्णय लिइएको हो । सरकारले सुरक्षा मापदण्ड बनाएर घरेलु खेलहरू सञ्चालन गर्न अनुमति दिएको छ । तर, अनावश्यक यात्रा र क्रियाकलापहरू सरकारले रोक लगाएको छ ।

अर्जेन्टिनामा हाल दैनिक ३४ हजार बढी दैनिक संक्रमण देखिएको छ । पछिल्लो दुई सातामा ५४ प्रतिशत संक्रमण दर बढेपछि प्रतियोगितास्थल सार्ने निर्णय गरिएको हो ।

यसअघि राजनीतिक अस्थिरताका कारण कन्मेबोलले सहआयोजक कोलोम्बियालाई हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो । राष्ट्रपति इभान डुकविरूद्ध त्यहाँको नागरिकले बिरोध प्रदर्शन गर्नुका साथै सडकमा हिंसात्मक घटना भएको थियो ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीकै कारण एकवर्ष पछि सरेको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ८ : ५४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa