१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु



काठमाडौं । देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ । गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने गरेको छ । गत ५ जेठमा एकै दिन २ सय ४६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको थियो ।

एक साता अवधिमा ७ सय ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार १ सय ४५, बिहीबार १ सय ६, शुक्रबार ९६, शनिबार १ सय १६, आइतबार १ सय ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, संक्रमणबाट सोमबार १ सय १४ र मंगलबार ६८ जनाको मृत्यु भयो । मंगलबार मृतक संख्या २ अंकमा झरेको छ । हालसम्म ७ हजार ४ सय ५४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, मंगलबार देशभर ६ हजार ८ सय ९८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८ सय ९८ जना निको भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ जना पुगेको छ ।

मंगलबार देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ जना पुगेको छ । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ६ : २३ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको