११ कार्तिक २०८३, बुधबार | October 28, 2026

१२ सम्म पाठ्यपुस्तक निःशुल्क



काठमाडौं । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ ।

पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ ।

जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ ।

यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ ।

सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ । जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी दिए ।

जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ । जनक शिक्षाले गतवर्ष पनि कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरेको थियो ।

कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाएको छ । सरकारले असारबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

यो अवस्थामा नयाँ शैक्षिक सत्र प्रारम्भ भएलगत्तै विद्यार्थीको हातमा नयाँ पुस्तक पु¥याउन समस्या नहुने जनक शिक्षाले दाबी गरेको छ । गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ७ : ४२ बजे

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६