१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एक पुरुषको मृत्यु



धनगढी । कैलालीमा कालो ढुसीको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको हो ।

अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी) का कारण बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिएका छन्।

लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा बुधबार मात्रै उनमा कालो ढुसी पुष्टि भएको थियो । मिर्गौला, मधुमेह र मुटु रोगबाट ग्रसित ती पुरुष यही जेठ १७ गते अस्पताल भर्ना भएका थिए ।

ती पुरुषको कोरोना रिपोर्ट भने नेगोटिभ आएको थियो । जेठ १८ गते उनको पीसीआर परीक्षण भएको थियो । तर, ओठ वरिपरि कालो दाग देखा पर्न थालेपछि उनको बायोप्सीमार्फत परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  २ : १९ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।