३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कोरोना अपडेट : ३,३८,७२४ संक्रमित, ९९ हजारको उपचार, साढे १४ हजारको मृत्यु



काठमाडौ । विश्वव्यापी रुपमा त्रास फैलाउँदै गएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभरमा कुल ३ लाख ३८ हजार ७ सय २४ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसका सम्बन्धमा तथ्यांकीय विवरण प्रस्तुत गर्दै आएको वर्ल्डोमिटरका अनुसार संक्रमणको सुरु भएदेखि हालसम्म ती व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

त्यस्तै हालसम्म उक्त भाइरसको संक्रमणबाट १४ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको जनाइएको छ । विश्वभर कुल ९९ हजार ३ जना संक्रमितको उपचार भएको पनि उल्लेख गरिएको छ ।

वर्ल्डोमिटरका अनुसार हाल विश्वभर २ लाख २५ हजार ३४ वटा केसहरु सक्रिय रहेकामा २ लाख १४ हजार ४ सय ८१ को अवस्था मध्यम रहेको छ । त्यस्तै १० हजार ५ सय ३५ केसहरु गम्भीर रहेको जनाइएको छ ।

त्यस्तै सो भाइरसका १ लाख १३ हजार ६ सय ९० केसहरु बन्द भएकामा ९९ हजार ३ जनको उपचार भएको छ भने १४ हजार ६ सय ८७ को मृत्यु भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : २१ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका