१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

रसुवा अस्पतालमा पनि भेन्टिलेटर सुविधा



रसुवा । हिमाली दुर्गम जिल्ला रसुवामा पहिलोपटक रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ ।

निवर्तमान सांसद मोहन आचार्यले जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

सांसद आचार्यमार्फत मिनी भेण्टिलेटर चार थान, अस्पताल भर्ना भएका बिरामी सुताउने शय्या पाँच, अक्सोमिटर ३० वटा एवं सर्जिकल मास्क तीन हजारसमेत रु १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताएका छन् । हस्तान्तरण भएका सामग्री धुञ्चेमा रहेको जिल्ला अस्पताल र जीवजीवेमा रहेको ग्रामीण अस्पताललाई बराबर दिने आचार्यको निर्देशनबमोजिम प्राप्त सामग्री अस्पतालमा पठाइसकिएको प्रजिअ ढकालले जानकारी दिए ।

कोभिड–१९ को जटिल अवस्थामा आचार्यद्वारा प्राप्त सामग्री जनहितकारी भएको कोभिड नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ । शरीरमा अक्सिजन कमी हुन गई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारमा सहज पार्ने पबित्र भावले जिल्लामा रहेका दुईवटा अस्पताललाई आफ्नो व्यक्तिगत तवरबाट भेन्टिलेटरसमेत सहयोग प्रदान गरेको आचार्यले बताए ।

कोभिड–१९ को पहिलो सङ्क्रमणमा समेत आचार्यबाट स्वास्थ्य सामग्री प्रदानका साथै कोरोना सङ्क्रमणको अवस्थामा बिहान–बेलुका छाक टार्न मुस्किल भएका ५०० भन्दा बढी विपन्न परिवारलाई आफ्नोतर्फबाट खाद्य सामग्री प्रदान गर्नुका साथै कोरोना नियन्त्रण अग्रपङ्क्तिमा काम गर्ने ५०० भन्दा बढी व्यक्तिलाई स्वास्थ्य बीमा गराउनुभएको थियो ।

एउटा पनि भेन्टिलेटर व्यवस्थापन गर्न नसकिएको अवस्थामा निवर्तमान सांसद आचार्यबाट प्रदान भएका भेन्टिलेटरले अब स्थानीयस्तरमै जटिल बिरामी उपचार गर्न सहज भएको रसुवा अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा भुवन केसीले बताए । रसुवामा भेन्टिलेटर नहुँदा जटिल बिरामीलाई नुवाकोटको त्रिशूली र काठमाडौँका अस्पतालमा सिफारिश गर्नुपर्ने समस्या सांसद्को सहयोगले हल भएको स्वास्थ्यकर्मीले बताएका छन् । रसुवाली नागरिकको उपचारमा सहयोग गर्ने नुवाकोटको त्रिशूली अस्पताललाई समेत मिनी भेण्टिलेटर र आइसीयूका उपकरणसमेतका सामग्री आचार्यले प्रदान गर्नुभएको उक्त अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  १० : ४८ बजे

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको