३२ असार २०८३, बिहिबार | July 17, 2026

प्रदेश २ को सरकार टिकाउन जसपा अध्यक्ष यादवद्वारा कांग्रेससँग सत्तासहकार्यको प्रस्ताव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग सत्तासहकार्यको प्रस्ताव गरेका छन् ।

अध्यक्ष यादवले उपसभापति निधिसँग आग भेट गरेर सत्तासहकार्यको प्रस्ताव गरेका हुन् ।
जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष केन्द्रमा केपी ओली सरकारमा सामले हुने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष यादवले प्रदेश २ मा कांग्रेससँग सत्तासहकार्यको प्रस्ताव गरेका हुन् ।

प्रदेश २ मा यादव नेतृत्वको पूर्व समाजवादी पार्टीको तर्फबाट लालबाबु यादव मुख्यमन्त्रीमा रहेका छन् । तर, जसपाभित्र आएको विभाजनको असर प्रदेशमा पनि पर्ने निश्चित भएपछि यादवले कांग्रेसको साथ खोजेका हुन् । यादवले अहिलेको सरकारलार्य निरन्तारा दिनका लागि कांग्रेसको समर्थन खोजेका हुन् । यादवले आफुले केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको बताएका थिए । देउवाको पक्षमा यादव पक्षका १२ जना सांसदले हस्ताक्षर गरेका छन् ।

कांग्रेस उपसभापति निधिले भने कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्न आग्रह गरेका छन् । निधिले तीन वर्षसम्म जसपाको मुख्यमन्त्री भएका कारण अब कांग्रेसको मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका छन् । तर, यस विषयमा पार्टीमा छलफल गरी फेरि यादवसँग छलफल गर्र्ने कुरा निधिले बताएका छन् ।

प्रदेश २ प्रदेशसभा १०७ सदस्यीय रहेको छ । जहाँ जसपाका ५५ जना सांसद छन् । जसमध्ये यसमध्ये यादव पक्षसँग ३० सांसद छन् भने ठाकुर पक्षका २५ जना छन् ।

यस्तै, एमालेका २१, काँंग्रेसका १९ जना रहेका छन् । माओवादी केन्द्रका ११ जना सांसद रहेका थिए । तीमध्ये ४ जना एमालेमा प्रवेश गरेका कारण तिनीहरुको पद खारेज भएको छ भने एक जना समानुपातिकमा मनोनित गरेको छ । जसका कारण प्रदेशसभाको हालको संख्या १०४ रहेको छ । प्रदेशमा नयाँ सरकार बनाउन अब ५३ सांसदको आवश्यकता पर्दछ ।

जसपा विभाजित भएको अवस्थामा हालको अंकगणित अनुसार कसैको पनि सरकार बन्न सक्दैन । हालका मुख्यमन्त्री राउतकै सरकार टिक्न या कांग्रेस नेतृत्वको नयाँ सरकार बन्नका लागि पनि कम्तिमा तीन दल मिल्नैपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  २ : २२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना