२० बैशाख २०८१, बिहिबार | May 3, 2024

कामचलाऊ प्रधानमन्त्री ओलीद्वारा कामचलाऊ मन्त्रिपरिषद् पुनर्गठन



काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कामचलाउ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

धर्मराएको सत्ता टिकाउनकै लागि संवैधानिक धारा उपधाराहरू र संसदीय मान्यताहरूलाई आफुअनुकुल प्रयोग गरिरहेका प्रधानमन्त्री ओलीले आज फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

आगामी कात्तिक-मंसिरमा मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री ओलीले प्रचलित मान्यता विपरित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

जनता समाजवादी पार्टी जसपाको ठाकुर समुहको साथ पाएका ओलीले सोही समुहका १० जनालाई मन्त्री बनाएकाछन् । यससँगै एमालेकै कैयौं मन्त्रीहरूको जागिर चट भएको छ भने केही नयाँ अनुहार भित्रिएका छन् ।

ओलीले साविकको मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । ति सबै एमालेका हुन् । आफुभन्दा जुनियर नेता राजेन्द्र महतो   उपप्रधानमन्त्री बनेपछि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी पनि बाहिरिएका छन् ।

नयाँ नियुक्त मन्त्रीहरूले शुक्रबार राति सपथ लिएका छन् । राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ दिलाएकी छिन् । यस्तै दुईजना राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले सपथ दिलाएका छन् ।

पुनर्गठन गरिएको मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । यस्तै १२,जना मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

मन्त्रिपरिषद्को कार्यविभाजन यस्तो छ :

१. प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।

२. विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ

३. राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास

४. रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र

५. शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

६. कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा

७. बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

८. लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला

९. शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा

१०. अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई

११. विमल श्रीवास्तव : श्रम तथा रोजगार

१२. उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण

१३. लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था

१४. चन्दा चौधरी : मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१५. एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद

१६. चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

१७. रेणुका गुरुङ : राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : ५६ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक