७ श्रावण २०८३, बिहिबार | July 23, 2026

तेलमा ३१ देखि ४५ प्रतिशतसम्म मूल्य वृद्धि, कारण खोज्दै विभाग



काठमाडौं । उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष २०७७/७८ भित्रै अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षणहित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले तेल उत्पादक उद्योगीहरूसँग कच्चा पदार्थको आयातको प्रज्ञानपत्र र प्रशोधनपछिको मूल्यान्तर अध्ययनका लागि कागजात मगाइएको जानकारी दिए ।

तेलको मूल्यमा अस्वभाविक वृद्धि हुने विषय अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित छ कि छैन ? भनेर प्रतीतपत्र, प्रज्ञानपत्र र उत्पादित वस्तुको कायम मूल्यको अध्ययन गरिएको पोखरेलको भनाइ छ । गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ७ : २१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क