१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेपालमा कोरोना संक्रमित एक जना भेटियो



काठमाडौ । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिनुभयो ।

फ्रान्सबाट कतार हुँदै चैत ४ गते काठमाडौं आएकी एक नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हाे । १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : १३ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को