२१ भदौ २०८३, आइतबार | September 6, 2026

जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन



जनकपुर । जनता समाजवादी पार्टी जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् ।

जसपा प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई दलको नेतामा चयन गरेको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको बैठकले दलको विधानलाई पनि पारित गरेको छ ।

बैठकको निर्णयमा यादव नेतृत्वका तत्कालिन समाजवादी पार्टीका ३० जना र ठाकुर नेतृत्वको तत्कालिन राजपाका ६ जना गरी ३६ जना सांसदले हस्ताक्षर गरेको बताइएको छ । प्रदेशसभामा जसपाका ५५ जना सांसदहरु रहेका छन् । राउत संसदीय दलको नेतामा चयन भएको जानकारी र संसदीय दलको विधान प्रदेशसभा सचिवालयमा आजै दर्ता गराउने योजना रहेको छ । गतवर्ष दुई पार्टी एकीकरण भएपछि संसदीय दलको विधान पारित र नेता चयन भएको थिएन ।

जसपाको महन्थ ठाकुर पक्ष केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सामेल हुने निर्णय गरेसँगै जसपा केन्द्रमा फुटको अवस्थामा पुगिसकेको थियो । कार्यकारिणिको बहुमतले अध्यक्ष ठाकुर, राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निस्काशन गरिसकेको छ । पार्टी व्यवहारिक रुपमा फुटिसकेपछि त्यसको प्रभाव प्रदेश २ मा पनि परेको हो । लालबाबु राउत नेतृत्वको सरकार जोगाउन अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग आग्रह गरिसकेका छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १ : १२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त