२९ भदौ २०८३, सोमबार | September 15, 2026

द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्रले कोभिड–१९ राहत कार्यमा सहकार्य गर्ने



काठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्रले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् ।

दुवै संस्थाले संयुक्त रुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टर लाई थप उर्जाशील बनाउन र राहतकार्य लाई अझ सुदृढ पार्नको लागि एक परियोजना अगाडि बढाउने भएका हुन् ।

कलेजका निर्देशक महेन्द्र राज कँडेलले भने,’नेशनल इनोवेशन सेन्टरसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । ब्रिटिश कलेजले लामो समयदेखि यस्ता प्रकारको साझेदारी र सामाजिक कार्यहरू गर्दै आएको छ । हामी विश्वास गर्दछौँ कि कोभिड १९ विरूद्ध लड्न यसले धेरै सहयोगी भुमिका खेल्नेछ । आउने दिनमा पनि यी प्रकारका साझेदारी र सिएसआर गर्दै जानेछौँ ।’

सामूहिक रूपमा, टिबिसी र एनआइसीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवयश्क स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने लक्ष्य राखेको छ ।

यो संकटको समयमा आम मानिसलाई आवश्यक सेवाहरू प्रदान गरिने बताइएको छ । यसका लागि टिबिसीले राष्ट्रिय आविस्कार केन्द्रलाई अनुदान दिनेछ । यो उदेश्यक प्राप्तिका लागि एनआइसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्नेछ ।

यस क्रममा संयुक्त रुपमा टिबिसी र एनआइसीले कोभिड–१९ राहत कार्यक्रमलाई विभिन्न तरिकाले अगाडि बढाइने बताइएको छ । कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमको बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर कामगर्नेहरूलाई सहयोग पु¥याउन सुरक्षात्मक उपकरण विकास गर्ने, र भेन्टिलेटरजस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई सञ्चालनमा ल्याउनेछ।

वितरण र पहुँच केन्द्रित गर्ने सुनिश्चित गर्नको लागी सबैभन्दा धेरै खाँचोमा परेकाहरुलाई सहयोग पु¥याइनेछ । टिबिसीको इनोवेशन हब र इनक्युबेशन सेन्टरमा कलेजका विद्यार्थीहरूद्वारा सम्बन्धित प्राजेक्टमा अनुसन्धान हुनेछ ।
एनआईसी अधिकारीहरूद्वारा निरिक्षण र प्रोत्साहन गर्नका लागि सेमिनार, वेबिनारहरू र कार्यशालाहरू गर्नेछन् । यसले महामारीका बीच कसरी संकटको सामना गर्ने सोच विकास गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ११ : ५९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ