२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने, एमालेले के गर्ला ?



धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने गरी हिजो प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

प्रदेशसभामा पत्र दर्ता गराएको ४८ घण्टापछि विश्वासको मत लिने प्रक्रिया परिपक्क हुन्छ । मुख्यमन्त्रीले सोमबार नै विश्वासको मत लिन खोजेपनि नियमनअनुसार नमिलेका कारण भोलिका लागि सारेका हुन् ।

भट्ट एमालेको समर्थनमा २०७४ सालमा मुख्यमन्त्री बनेका थिए । हाल एमालेमा आएको विभाजनका कारण मुख्यमन्त्री भट्ट विश्वासको मत लिने निस्कर्षमा पुगेका हुन् ।

एमाले स्थायी कमिटी बैठकले जेठ १० गते सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिन प्रदेश संसदीय दललाई निर्देशन दिएको थियो । तर, १२ गते बजेको संसदीय दलको बैठकले भने सरकारलाई समर्थन कायमै राख्ने निर्णय गर्दै सरकारमा मन्त्री समेत थप गर्ने निर्णय गरेको थियो । त्यसपछि एमाले प्रदेश कमिटीले १० जना सांसदहरुलाई स्पष्टीकरण सोधिसकेको छ ।

प्रदेश संसदीय दलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण बुझाउँदै सरकारलाई दिँदै आएको समर्थन कायमै रहने प्रष्ट पारेका थिए ।

प्रदेशसभामा एमालेका सभामुखसहित २५ जना सांसदहरु रहेका छन् । तीमध्ये ६ जना सांसदहरु ओली पक्षमा रहेका छन् । एकदुई सांसद ओली पक्षमा गएपनि नेपाल पक्ष अझै प्रष्ट बहुमतमा रहेको छ ।

५२ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १३ जना सांसदहरु रहेकाछन् । मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न उनलाई थप १५ सांसदको आवश्यकता पर्दछ । नेपाल समुह सबैले समर्थन गरेमा भट्टले विश्वासको मत प्राप्त गर्न सक्छन् । अहिलेसम्मको अवस्थामा फेरबदल भएन भने संसदीय दलमा नेपाल पक्षले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप लगाउनेछ ।

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १२ : ३० बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको