३० कार्तिक २०८२, आइतबार | November 16, 2025

नेकपा फुटको बाछिटा : सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा ओली निकट मन्त्री बर्खास्त



धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनको प्रभाव प्रदेश सरकारहरुमा थपिँदै गएको छ ।

सोही प्रभावस्वरुप सदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आफ्ना एक मन्त्रीलाई बर्खास्त गरेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल निकट मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोरालाई आज बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री र सरकारविरुद्ध गतिविधि गरेको भन्दै बोहरालाई संवैधानिक पदमुक्त गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिएका छन् । भट्टले सो स्थानमा प्रचण्ड–नेपाल निकट सांसदलाई नै मन्त्री बनाउन लागेको उनका स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : ५८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा