३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोनाको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाली सेनाको यस्तो तयारी



काठमाडाै । नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरु गरेको छ ।

कोभिड–१९ सङ्क्रमणसम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सकसहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सव युनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले कोभिड–१९ जोखिम नियन्त्रण सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्न तथा उक्त भाइरसविरुद्ध रोकथामका उपाय सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइसकेको जनाएको छ ।

उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले आफू कार्यरत युनिटमा गई सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमा ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्ने कार्य शुरु गरिएको निर्देशनालयले जनाएको छ । हालसम्म सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सीमामा स्थापना गरेका हेल्थ डेक्समा समेत दक्ष स्वास्थ्यकर्मीलगायत सुरक्षाका लागि सैनिक अधिकारी परिचालन गरिएको छ ।

विभिन्न जिल्लामा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाले स्थानीयस्तरको क्वारेन्टाइन तथा आइसोलेसन वार्ड तयार गर्न सहयोग गरिरहेको छ । कोभिड–१९ सम्बन्धी रोकथाम तथा न्यूनीकरणका लागि राष्ट्रिय सेवा दलबाट तालीम प्राप्त विद्यार्थीलाई स्वयम् सेवकका रुपमा सचेतना कार्यका लागि परिचालन गर्न शुरु गरिएको छ ।

सेनाले परिचालित सकल दर्जाको सुरक्षाका लागि आवश्यक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिइ), माक्स, पञ्जा तथा सेनिटाइजर उपलब्ध गराउनुका साथै माक्स पिपिइ तथा सेनिटाइजरको उत्पादनसमेत शुरु गरिसकेको छ ।

कोभिड–१९ सम्बन्धी सरकारको निर्देशनअनुसार सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालीम, दैनिक रुपमा हुने पिटी परेडमा समेत आवश्यक उच्च सतर्कता अपनाइएको जनाएको छ । सेनाका सकल दर्जालाई कोभिड–१९ बारे जानकारी गराई विशेष परिस्थिति र आवश्यकताका आधारमा मात्र बिदा छाड्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बिदाबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा ‘इण्डोर क्वारेन्टाइन’मा राखी एकिन पश्चात डियुटीमा लिने व्यवस्था गरिनाका साथै कोभिड–१९ विरुद्ध ब्यारेकभित्रका सकल दर्जाको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको निर्देशनालयले जनाएको छ ।

ब्यारेक हाताभित्रका बासस्थानमा समेत ओछ्यानको दुरी घटीमा एक मिटरमा राख्ने र सकल दर्जालाई ब्यारेक हाताभित्र नै लक डाउन गरिएको जनाइएको छ । कोभिड–१९को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न सेना तयार रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : १३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको