१९ बैशाख २०८१, बुधबार | May 2, 2024

४९ केजी गाँजासहित बारामा तीन जना पक्राउ



बारा । बारामा ४९ केजी गाँजासहित तीनजना पक्राउ परेका छन् । सोमबार बेलुका महागढीमाई नगरपालिका-२ स्थित इनर्वा चोकबाट ४९ केजी गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका घर भएका अमिरका पासवान, रमेश चौधरी र राज कुमार ठाकुर छन् । लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट संयुक्त रुपमा खटिएको टोलीले पक्राउ गरेका छन् ।

बरियापुरतर्फबाट तेलकुवा जाँदै गरेको ना २ ह ६१०६ नम्बरको अटो र पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भएको जनाएको छ । हाल उनीहरुलाई बारा प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ६ : २३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी