२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आजदेखि ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाइँदै



काठमाडौं । सरकारले आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सुरु गर्दैछ ।

चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसहरुलाई पहिलो मात्रा लगाउन थालिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठदेखि शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र लगाउन निर्देशन दिइएको छ ।

हिमाली जिल्लामा भने यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकाले सो समूहकाले खोप लगाउन छुटेका भए खोप दिइने तयारी छ ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिने सरकारको तयारी छ ।

काठमाडौंमा उमेर अनुसार तालिका

काठमाडौं महानगरपालिकाले भने ६० देखि ६४ वर्षका व्यक्तिहरुलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने महानगरपालिकाले जनाएको छ । त्यसका लागि उसले उमेरअनुसार खोप लगाउने दिन तोकेको छ ।

जसअनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।

खोप लगाउनका लागि उमेर खुलेको फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउन अनुरोध गरिएको छ ।

खोप महानगरका ३२ वटै वडा कार्यालयका केन्द्रमार्फत उपलब्ध हुने जनाइएको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ७ : ३३ बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्