२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जापान ओलम्पिकमा २९ शरणार्थी खेलाडी



एजेन्सी । यसपटकको जापान ओलम्पिक खेलकुदमा शरणार्थी खेलाडीको उल्लेख्य सहभागिता हुने भएको छ । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

टोकियो ओलम्पिकमा विभिन्न १२ खेलमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जनाएको छ ।

ओलम्पिकको झन्डामुनि रहेर उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान, अफगानिस्तान र इरिट्रियाका रहेका छन् ।

यसअघि सन् २०१६ मा ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा पनि १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।

तर, विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ देखि नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : १० बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि