१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कोरोना कहर : ब्रिटेनमा पनि प्रतिबन्ध, २ जनाभन्दा बढी भेला हुन नपाउने



बिबिसी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि प्रतिबन्धहरुको घोषणा गरेका छन् ।

ब्रिटेनका मानिसहरुलार्य घरमै बस्न भनिएको छ । यद्यपी अत्यावश्यक सामग्रीको खरिद, मेडिकल तथा अन्य अनिवार्य कामका लागि भने बाहिर निस्कन छुट दिइएको छ ।

अत्यावश्यकबाहेकका पसलहरु बन्द गर्न भनिएको छ । त्यसै गरी सार्वजनिक स्थानमा दुईजनाभन्दा बढी भेला नहुन निर्देशन दिइएको छ ।

प्रधानमन्त्री जोनसनले यी पाबन्दीहरु अनिवार्य रुपमा पालन गर्न आग्रह गर्दै अन्यथा जरिवाना गरिने बताएका छन् । उनले लाइब्रेरी, खेल मैदान, आउटडोर जिम तथा धार्मिक स्थल बन्द गर्न निर्देशन दिएका छन् ।

व्यायामका लागि पार्क खुला रहने भए पनि समूहमा जम्मा हुन भने निषेध गरिएको छ । विवाह रोकिएको छ । प्रधानमन्त्री जोनसनले तीन हप्तापछि प्रतिबन्धहरुका सम्बन्धमा समीक्षा हुने जनाएका छन् ।

Boris Johnson #StayHomeSaveLives

@BorisJohnson

Please join me for an important update on

Embedded video

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ५१ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को