१६ बैशाख २०८१, आइतबार | April 28, 2024

जनप्रतिनिधिले दवाव दिएपछि रुपन्देहीमा मापदण्ड विपरितका व्यक्तिले समेत लगाए कोरोना खोप



बुटवल । सरकारले ६२ वर्ष देखि ६४ वर्ष सम्मका जेष्ठ नागरिकका लागि पहिलो प्राथमिकतामा राखेर चिनियाँ खोप भेरोसेल दिने निर्णय गरेपनि खोप केन्द्रहरुमा मापदण्ड बाहिरकाले खोप लगाएको पाईएपछि रुपन्देहीका केहिस्थानहरुमा खोप अभियान नै स्थगित भएको छ ।

जनप्रतिनिधि र स्थास्थ्यकर्मीहरुले नै अफ्ना नजिकका आफन्त र पहुँचवालाहरुलाई खोप लगाईदिएपछि खोप अभियान विवादमा परेको छ । जिल्लाको तिलोत्तमा, सिद्धार्थनगर र ओमसतियाको केहि खोप केन्द्रहरुमा खोप कार्यक्रम स्थगित भएको जिल्ला प्रशासन कार्याालय रुपन्देहीले जनाएको छ । बुटवल उपमहानगरका केहि केन्द्रहरुमा पनि राजनीतिक व्यक्तिहरुले मापदण्ड विपरित खोप लगाएपनि बुटवलमा भने अभियान रोकिएको छैन ।

रुपन्देहीका केहि स्थानहरुमा मापदण्ड विपरित खोप लगाएको पाईएपछि कोभिड व्यवस्थापन समितिले समिक्षा गर्ने भएको छ । मापदण्ड विपरित खोप लगाईदिने कर्मचारीलाई कारवाही प्रक्रिया स्वरुप स्पष्टीकरण सोधिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । गलत कार्यभएका खोप कैनद्रहरुमा खोप अभियान स्थगित गरेर आज बस्ने बैठकबाट नयाँ रणानीति बनाईने प्रजिअ तामाङले बताए ।

ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद भएको थियो । रुपन्देहीमा १४ हजार २ सय ५५ जना जेष्ठ नागरिकलाई खोप दिने कार्यक्रम भएपनि अन्यले धमाधम खोप लगाउन थालेपछि लक्षित नागरिक छुट्ने सम्भावना देखिएको छ ।

रुपन्देहीमा यसरी मादण्ड विपरित खोप लगाउनेहरु राजनीतिक दलका कार्यकर्ता देखि स्वास्थ्यकर्मीका आफन्तहरु समेत परेका छन् । सरकारले ६२ वर्ष देखि ६४ वर्ष भित्रका जेष्ठ नागरिक र अघिल्लो अभियानमा छुटेका फन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई खोप दिन सकिने गरि मापदण्ड तोकोको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले केहिस्थानहरुमा स्वास्थ्यकर्मीहरुको फितलो उपस्थितीका कारण मिसयुज भएको स्विकार गरे । उनले राजनीतिक स्वास्थ्यकर्मीको फितालोपन् र जन प्रतिनिधिको लोकप्रिय बन्ने चाहनाका कारण केहि कमजोरी भएको बताए । प्रजिअ तामाङले भने जस्तै स्वास्थ्यकर्मीलाई कारवाही गर्ने अवस्था भने नरहेको डा. गिरीले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १० : १८ बजे

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ