१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

मदिरा सेवन गरी चिकित्सकमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ



सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा कार्यरत दुई जना चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर-४ भैरवस्थान बस्ने वर्ष १६, वीरेन्द्रनगर-२ कोलडाँडाका वर्ष १७ र वीरेन्द्रनगर-४ बस्ने वर्ष १६ का किशोर छन् । उनिहरुको अन्य विवरण भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार सबै १८ वर्षमुनिका रहेकाले विवरण नखुलाइएको हो ।

अस्पतालका इञ्चार्ज समेत रहेका डा. शंकरप्रसाद रिजाल र डा. यादवप्रसाद उपाध्यायमाथि बिहीबार बेलुका हातपात भएको थियो । डा. रिजाल अस्पतलबाट घर जान लागेका थिए भने उपाध्याय अफिस जान लागेका थिए । उनीहरू दुबै जना एकैठाउँमा भेटिएकाले जम्काभेट भएका तीन जनाले हातपात गरेका हुन् ।

हातपात गर्नुको कारण भने खुलेका छैन । हातपात गर्नेहरूले अत्यधिक मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : ०८ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित