२१ भदौ २०८३, आइतबार | September 6, 2026

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई पुनः स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सैनिक मुख्यालयमा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वत्राले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्रलाई हस्तान्तरण गरिएका ती स्वास्थ्य सामग्रीमा भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेट, एम्बुलेन्स लगायतका रहेको नेपाली सेनाले जनाएको छ ।

कोरोना महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

त्यसअवसरमा प्रधानसेनापति थापाले भारतीय राजदूतलाई सहयोगका लागि आभार तथा धन्यवाद प्रकट गरेका थिए । भारतीय सेनाले यसअघि नेपाली सेनालाई एकलाख डोज कोभिसिल्ड खोप सहयोग गरेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १ : ५७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका