२० मंसिर २०८२, शनिबार | December 6, 2025

धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न गण्डकी प्रदेश प्रमुखको आह्वान



पोखरा । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी छिन् ।

प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समयभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्न सक्ने आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी हुन् ।

धारा १६८ (३) अनुसारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उपधारा ४ अनुसार विश्वासको मत प्राप्त गर्न नसकेको पत्र पाएपछि पौडेलले उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु गरेकी हुन् । पौडेलले १६८ (२) अनुसारका प्रदेशसभा सदस्यहरुलाई दाबी पेश गर्न भनेकी छिन् ।

२९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिइएको छ । प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारलाई काम गर्न तोकेकी छिन् ।

विपक्षी दलहरुले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । ३१ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गर्ने तयारी विपक्षी गठबन्धनले गरेको हो । प्रदेशसभामा जम्मा ३० जना सदस्यहरु रहेको विपक्षी गठबन्धनलाई स्वतन्त्र सांसद राजीव गुरुङले समर्थन गर्ने घोषणा गरेका छन् ।

आजै मात्र राष्ट्रिय जनमोर्चाका बागी सांसद कृष्ण थापाको पद पुनः खारेज भएको छ । हिजो भएको मतदानमा मुख्यमन्त्री विरुद्ध मतदान गर्ने दलको ह्वीप विपरित तटस्थ बसेका थापालाई राजमोले आज पुनः कारवाही गरेको थियो । त्यसको पत्र प्रदेशसभा सचिवालयले पढेर सुनाइसकेको छ । अब प्रदेशसभा ५९ सदस्यीय भएको छ । जसका कारण पनि विपक्षी गठबन्धनको पक्षमा बहुमत पुग्ने देखिएको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ४ : ०२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय