२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकी प्रदेश : विपक्षी गठबन्धनका ३१ सांसद पुगे प्रदेश प्रमुखको कार्यालयमा



पोखरा । नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेपछि उनीहरू बहुमत सदस्यसहित उपस्थित भएका हुन् ।

स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

प्रदेश प्रमुखले भोलि दिउँसो २ बजेसम्मको समय तोकेर आह्वान गरे पनि बहुमत सदस्य (३१) सहित आजै उपस्थित भएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

चार दल काङ्ग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद मनाङेले मात्र प्रदेश प्रमुखलाई प्रतिनिधिमूलक भेट गरेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ५ : ४५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति