१८ चैत्र २०८२, बुधबार | April 1, 2026

लोकतन्त्र र संविधान बचाउन दलहरुबीच दिर्घकालिन सहकार्य आवश्यक रहेको सर्वदलीय बैठकको निष्कर्ष



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । नेताहरूले संसद पुनर्स्थापना र लोकतन्त्रका लागि सुरु गरेको राजनीतिक र कानुनी लडाइँ सशक्त बनाउने बताएका हुन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा उपस्थित दलका नेताहरुले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक आन्दोलन सशक्त बनाउनु पर्ने बताए ।

बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आफुले अदालतले संसद पुनर्स्थापना गर्छ भन्ने विश्वास लिएको बताउँदै संसद ब्युँतिएपनि लोकतन्त्रको रक्षाको निम्ति विपक्षी गठबन्धन अझै क्रियाशील हुनुपर्ने बताए ।‘हामीले सुरु गरेको कानुनी लडाइँ निष्कर्षतर्फ उन्मुख छ ।’ उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापना हुनेवित्तिकै विपक्षी गठबन्धनको राजनीतिक लडाइँ नसकिने बताए । ‘संसद फर्किँदैमा हाम्रो राजनीतिक लडाइँ समाप्त हुँदैन, लोकतन्त्रमाथिको बारम्बारको घात रोक्न हाम्रो सहकार्य दीर्घकालीन रूपमा हुनुपर्छ,’ प्रचण्डले बैठकमा भने ।

संघिय समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको बताए ।

पूर्वप्रधानमन्त्रीमा माधवकुमार नेपालले लोकतन्त्रको पक्षमा एकै ठाउँमा उभिएक शक्तिहरूबीच दीर्घकालीन सहकार्य आवश्यक रहेको बताए ।

बैठकमा विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थिती थियो ।

बैठकमा मजदुर किसान पार्टीका प्रेम सुवाल, राप्रपाका दिपक बोहोरा लगायत सहभागी भएपनि प्रधानमन्त्री केपी ओली र उनको नेकपा एमालेले भने सभामुखले बोलाएको बैठक बहिस्कार गरेको थियो ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : ०१ बजे

अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस