१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सरकार बनाउन गण्डकी प्रदेश प्रमुखले दिएको समय सकियो, तर सपथका लागि अझै बोलाइएन



पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा लागि दाबी पेश गरेका विपक्षी गठबन्धनका दलहरु प्रदेश प्रमुखको जवाफको प्रतिक्षा गरिरहेका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसारको पृथ्वी सुब्बा गुरुङ सरकारले विश्वासको मत हासिल गर्न नसकेपछि उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

यही उपधारा अनुसार विपक्षी दलहरुले वैकल्पिक सरकार गठनको दाबी पेश गरेका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरेका दलहरु सपथका लागि प्रतिक्षा गरेका हुन् ।

२४ घण्टाको समय दिएर आज ३ बजेसम्म सरकार बनाउन समय दिएकी प्रदेशप्रमुख सीतादेवी पौडेलले अहिलेसम्म दलहरुलाई बोलाएकी छैनन् ।

दलहरुले शुक्रबार साँझ ३१ जना सांसद शशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराएका थिए । अर्को कुनै दाबी समेत परेको अवस्थामा पनि प्रदेश प्रमुखले सरकार गठनका लागि अहिलेसम्म नबोलाएकोमा विपक्षी दलहरुले शंका व्यक्त गरेका छन् ।

यसैबीच राजमोका निस्काशित सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा पुगेर फर्किएका छन् । शुक्रबारै बहुमत पुर्याएपनि अहिलेसम्म नबोलाउनु तर निस्काशित सांसदलाई प्रदेश प्रमुखले भेट गरेपछि दलहरुले आशंका व्यक्त गरेका हुन् । थापाले राजमोको संसदीय दलको नेता परिवर्तन नभएको पत्र बुझाएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ३ : ३८ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको