१७ माघ २०८२, शनिबार | January 31, 2026

गण्डकीमा अर्को नाटक, महन्थ ठाकुर र कृष्ण थापाको समर्थनमा पृथ्वी सुब्बा गुरुङले गरे मुख्यमन्त्रीमा दाबी



पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनमा पुनः अर्को नाटक देखाइएको छ ।

दुई दिन अघि मात्र प्रदेश सभामा विश्वासका मत हासिल गर्न असफल भएका कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनता समाजवादी पार्टी जनसपाको महन्थ समुह र राजमोका निस्काशित सांसद कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङले समर्थन दिएको पत्र लिएर दाबी पेश गरेका छन् ।

सत्ता नछोड्नका लागि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको बाटो पछ्याउँदै गुरुङले पनि हुँदै नभए व्यक्ति र सांसदको पत्रदेखाएर मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

विपक्षी गठबन्धनले सशरीर ३१ जना सांसद उपस्थित गराएर हस्ताक्षर सनाखत गराएपनि प्रदेश प्रमुख सीतादेवी पौडेलले उनीहरुलाई सरकार गठन गर्न बोलाएकी छैनन् । बरु छद्म रुपमा पृथ्वी सुब्बा गुरुङले सरकारमा दाबी गरेर प्रदेश सभा विघटनको बाटो खोजेका छन् ।

प्रदेश प्रमुख पौडेलले पनि शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले जे गरेकी थिइन, त्यही बाटो पछ्याएकी छिन् ।

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ३ : ५० बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक