४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा



काठमाडौं । कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

साथै उनीसँग कतारबाट काठमाडौंसम्म यात्रा गरेकाहरुको खोजी सुरु भएको छ । त्यो दिन कतार एयरवेजको तीन वटा विमान काठमाडौंमा अवतरण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यागमन विभागसँग तीन वटै विमानमा रहेका यात्रुको विवरण मागेको थियो । मन्त्रालय उच्च स्रोतका अनुसार संक्रमित युवती ‘क्यूआर ६५२’ विमानबाट आएको पाइएको छ ।

मन्त्रालयले उक्त विमानमा रहेका सबै १५८ यात्रुको विवरण प्रहरी प्रधान कार्यालय पठाएको छ र, उनीहरुसँग सम्पर्क गरेर स्वास्थ्य परीक्षण र निगरानी गर्न भनेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेसम्म उनीहरुमध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ । उनीहरुलाई स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइनमा बस्न भनिएको छ । अरुसँग सम्पर्क स्थापित हुन बाँकी छ ।

अरु विमानका यात्रु नआत्तिनुस्

संक्रमित युवती कतार एयरवेजबाट आएको थाहा पाएपछि चैत ४ गते एयरवेजको विमानबाट नेपाल आएका धेरै आत्तिए । कतिपय स्वास्थ्य संस्था पनि पुगेका छन् ।

तर कोरोना संक्रमण देखिएकी युवती कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट आएको प्रष्ट भएपछि अरु दुई विमानबाट आएका यात्रुहरुलाई राहत भएको छ । अब उनीहरु संक्रमण फैलिएको देशबाट आएका अरु जस्तै १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने र स्वास्थ्य समस्या भए अस्पतालमा जाने गर्नुपर्छ ।

साथै ‘क्यूआर ६५२’मा सवार यात्रुहरु पनि आत्तिन जरुरी छैन, किनकी उनीहरुमा कोरोना संक्रमण भयो भन्ने होइन । तर अरुभन्दा सतर्क भने हुन जरुरी छ ।

संक्रमण देखिएकी युवतीसँग फ्रन्ट फेसमा भेटिएका कारण त्यो विमानमा सवारहरुले तत्काल आफूलाई अरुबाट अलग गरेर क्वारेन्टाइनमा बस्ने र परीक्षणका लागि अस्पतालमा जानु उपयुक्त हुन्छ ।

प्रहरीले पनि सम्पर्क स्थापित भएकाहरुलाई स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ३१ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता