१९ असार २०८३, शुक्रबार | July 3, 2026

कांग्रेसको १४ औ महाधिवेशन भाद्र १६ बाट १९ सम्म



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भाद्र ७ गतेबाट ९ दिन पर सारेर भाद्र १६ गते गर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले १४ औ माहाधिवेशनको समयावधि ९ दिन पछाढि ढकेन्दै भाद्र १६ बाट गर्ने प्रस्ताव गरेको हो । कांग्रेसले यस अघि तय गरेको कार्यतालिका संशोधन गर्दै वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने प्रस्ताव गरिएको छ ।

पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

सहमहामन्त्री महतका अनुसार क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने र यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण, नवीकरणका साथै छानविन कार्य सम्पन्न गर्ने प्रस्तावमा उल्लेख छ ।

देशभरीबाट आएका क्रियाशिल सदस्यताका विवरणलाई जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । केन्द्रीय महाधिवेशन भने भाद्र १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री महतले बताए ।

यसअघि महाधिवेशनको मिति भाद्र ७ देखि १० गतेसम्म तय भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : १९ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले