२० मंसिर २०८२, शनिबार | December 7, 2025

विश्वकप तथा एसियन कप छनोट खेल्न गएको नेपाली फुटबल टोली स्वदेश फर्किंयो



काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको नेपाली फुटबल टिम आईतबार स्वदेश फर्किएको छ ।

कतार एयरवेजको उडानमार्फत फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

कोरोना महामारीका कारण कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले खेलेका तीन खेलमध्ये एकमा जित निकाल्दा दुई खेलमा हार व्यहोरेको थियो । चाइनिज ताइपेईलाई २-० गोल अन्तरले पराजित गरेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० गोलको हार व्यहोरेको थियो ।

२३ खेलाडी र १२ अफिसियलसहित गएको नेपाली टोली कुवेतबाट शनिबार राति नै प्रस्थान गरेको थियो । त्यहाँबाट कतारको दोहा हुँदै नेपाली टोली आइतबार बेलुकी काठमाडौं आइपुगेको हो । जेठ ११ गते ३५ जनाको नेपाली टोली इराक हुँदै कुवेत प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ३७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल