३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

कोपा अमेरिका : आयोजक ब्राजिलले भेनेजुएलालाई ३-० गोलले हरायो



काठमाडौं । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान ब्रासिलियास्थित स्टाडियो नासिओनाल माने गारिन्चामा सोमबार बिहान भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।

ब्राजिल घरेलु मैदानमा खेलिएको कोपा अमेरिकाको २१ खेलसम्म अपराजित छ । पछिल्लो पटक ब्राजिल सन् १९७५ मा पेरुसँग घरेलु मैदानमा पराजित भएको थियो ।

ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एकरएक गोल गरे । कोरोनाका कारण ९ खेलाडी गुमाएको भेनेजुएलालाई ब्राजिलले सुरुवाति समयदेखि नै दवावमा राखेको थियो ।

खेलको २३ औं मिनेटमा ब्राजिलले अग्रता लियो । मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्डबाट हुलमुलमा गोल गरेका थिए । उनी ४७ औं संस्करणको कोपाको पहिलो गोलकर्तासमेत बनेका छन ।

२६ औं मिनेटमा रिचार्लीसनले गोल गरे । तर, उनी अफसाइड रहेको भन्दै रेफीले उक्त गोललाई मान्यता दिएन । यस्तै, ६४  मिनेटमा ब्राजिलले अग्रता दोब्बर बनायो । ब्राजिलका लागि नेयमारले पेनाल्टीमा गोल गरेका थिए । डानिलोलाई भेनेजुएलाका लुइस मार्टिनेजले पेनाल्टी बक्समा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो ।

ब्राजिलका लागि यो नेयमारको ६७औं गोल हो । उनी ब्राजिलका महान खेलाडी पेलेको कीर्तिमानभन्दा १० गोल पछि छन । यस्तै, सकिन केही समय बाँकी रहँदा गार्बियलले गोल गरे । उनले नेयमारको पासमा गोल गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए ।

यस जितसँगै ब्राजिलले समूह ‘ए’ मा ३ अंक जोडेको छ । यस समूहको अर्को खेलमा केहीबेर पछि कोलोम्बिया र इक्वेडर भिड्दैछन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ४४ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी