१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सर्लाहीको बरहथावामा संचालित आइसोलेसन केन्द्रलाई डीएसपी भाटद्वारा आर्थिक सहयोग



सर्लाही । सर्लाहीको बरहथवास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धबसिंह भाटले  स्थानीय युवाद्वारा संचालित आइसोलेसन सेन्टरलाई आर्थिक सहयोग गरेका छन् ।

डीएसपी भाटले बरहथवा–१०,सीतापुरस्थित आइसोलेसन केन्द्रमै पुगेर आफ्नो मासिक तलबको आधा तलब बराबरको २५ हजार नगद सहयोग गरेका हुन् ।

नगरमा कोभिड संक्रमित बिरामीहरु उपचारबाट बन्चित नहुन भन्ने उद्दश्यले संचालन गरिएको उक्त निःशुल्क आइसोलेसन केन्द्रमा आवद्ध युवाको मनोबललाई उच्च सम्मान गर्न आफु जोडिन पाउँदा निकै सन्तुष्टिको अनुभव प्राप्त भएको उनले बताए ।

सर्लाही कोभिड–१९ य्रापिड रेस्पोन्स टिमका संयोजक नवीन यादवले डीएसपी भाटको सहयोगको प्रशंसा गर्दै यसबाट आफु र आफ्नो टिमलाई झन् उर्जाशील बन्न उत्प्रेरणा मिलेको बताए । ।

जिल्लाका सक्रिय युवाको सहभागिता रहेको उक्त टीमले जिल्लाका २० वटै स्थानीय निकायमा ‘निःशुल्क स्वास्थ्य परीक्षण तथा हेल्प डेस्क’, कार्यक्रम समेत संचालन गर्दै आएका छन् । त्यसअवसरमा TMNC आइसोलेसन केन्द्रका कार्यकारी निर्देशक सरोज रायको पनि उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ३ : ४१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा