१० असार २०८३, बुधबार | June 24, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा आईपुग्यो चिनियाँ दाताहरुको सहयोग सामाग्री



बुटवल । चिनियाँ दाताहरुले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका लागि १ सय थाल अक्सिजन कन्सन्ट्रेटर पठाएका छन् । चीनका लागि नेपालका पूर्व राजदुत लिलामणी पौड्यालको पहलमा चिनियाँ दाताहरुबाट लुम्बिनी प्रादेशिक अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

बद्धको जन्मभूमि लुम्बिनीको पेरिफेरीमा रहेको अस्पतालमा अक्सिजनको अभाव भएको भन्ने खबर पुगेपछि बुद्ध दर्शन निकट दाताहरुले कन्सन्ट्रेटर पठाईदिएको डा. खनालले बताए । उनले अस्पतालमा अक्सिजनको चरम अभाव भएको खबर पटक पटक आउनथालेपछि पूर्व राजदुत पौड्यालले नेपालका लागि सांघाईका महामहिम कन्सुलेट् जिआनमिङ उसँग सम्पर्क गराईदिएको र त्यसै सम्पर्कका आधारमा अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको बताए ।

डा. खनालका अनुसार चिनियाँ राजधानी बेइजिङ स्थत नेपाली राजदुतावासका अधिकारी सुशील लम्सालज्युको सहजीकरणमा साङ्घाई जाडे बुद्ध टेम्पल, साँघाई जुकुङ कल्चर एण्ड एजुकेशन फाउण्डेशन, सिङ्गापुर स्थित टाङ्गाक बुअवे किमेङ लेङ्ग फाउण्डेशन लिमिटेड सहित नेपालमा सहयोग गर्ने दाताहरुको प्रतिनिधिकर्ता स्याङ्पा फाउन्डेसनको सहकार्यमा सो कन्सन्ट्रेटर अस्पताल आईपुगेको हो ।

सहयोग गर्ने दाताहरुलाई अस्पतालका मेसु डा. खनालले धन्यबाद ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : ०५ बजे

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो