१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीद्धारा निःशुल्क खाना वितरण



भैरहवा । होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीले निःशुल्क खाना वितरण गरेको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा बिरामी तथा बिरामी कुरुवालाई मध्यनजर गर्दै खाना वितरण गरिएको संगठनका अध्यक्ष गणेश प्रसाद बेल्बासेले बताए ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएपछि उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)मा आएका बिरामी तथा बिरामी कुरुवालाई खाना खुवाइएको बेल्बासेले बताए । उनले यस अघि संगठनले रुपन्देहीको ओमसतिया गाउँपालिका स्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाना तथा पानी समेत वितरण गरिएको बताए ।

संगठनले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने उद्योगी व्यवसायी तथा समाजसेवीहरुलाई उनले धन्यवाद ज्ञापन गरे । समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने उनले प्रतिवद्धता व्यक्त गरे । संगठनले वार्षिक कार्ययोजना अन्तर्गत असार दोस्रो साता युसीएमएसमा रक्तदान कार्यक्रमको आयोजना गर्ने बेल्बासेले जानकारी दिए ।

जेठ २४ देखि जेठ ३१ गतेसम्म (८ दिन) सञ्चालन गरिएको कार्यक्रममा २ हजार ५ सय ५० जनालाई खाना तथा पानी वितरण गरिएको कार्यक्रम संयोजक तथा संगठनका उपाध्यक्ष लिलाधर भट्टराईले बताए ।

उनले गत वर्षको महामारीमा विभिन्न कारणले खासै कार्यक्रम गर्न नसकिए पनि यसपटक भने निःशुल्क खाना वितरण गरिएको बताए । मेडिकल कलेज क्षेत्र आसपासमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरु एकढिक्का भएको कार्यक्रमले अनुभुति भएको उनले बताए । उनले कार्यक्रममा सहयोग गर्ने शुभेच्छुक तथा सहयोगीलाई धन्यवाद ज्ञापन गरे ।

संगठनले सोमबार खाना वितरण कार्यक्रमको समापन गरेको छ । संगठनका अध्यक्ष गणेश प्रसाद बेल्बासेको अध्यक्षता, कार्यक्रम संयोजक एवं संगठनका उपाध्यक्ष लिलाधर भट्टराईको स्वागत तथा सह–कोषाध्यक्ष नरेन्द्र खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : २८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू