७ पुस २०८२, सोमबार | December 22, 2025

शान्ति समाजको ‘रगत दान गरौं जगत बचाऔं’ अभियान, ११ जिल्लामा सम्पन्न



बुटवल । राज्यका सबै शक्ति लगाएर भएपनि सबै नागरिकलाई खोप उपल्वध गराउनु पर्ने मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले बताएका छन ।

विश्व रक्तदाता दिवस १४ जुन (३१जेठ) का अवसरमा शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै सभापति खनाल सो कुरा बताएका हुन ।

सभापति खनालले राज्यले वितरण गरेको खोपमा नातावाद र कृपावाद हावी भएको आरोप लगाउदै सरकारले लक्षित वर्गसम्म पुराउन नसकेको बताए। खनालले रगतलाई राज्यले निःशुल्क रुपमा वितरण गर्ने घोषणा गरेपनि निजि र सरकारी अस्पतालहरुमा विभेद भएको बताउदै तुरुन्त सबैलाई समान गर्न समेत आग्रह गरेका छन । ‘रक्तदान रगत दान गरौं जगत बचाऔं’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल, शाखा सदस्य कृष्णप्रसाद पाण्डे, समाजका शुभचिन्तक मनोज ढोंजुसहित २ दर्जन बढीले रक्तदान गरेका थिए ।

सो अवसरमा सभापति खनालसहित नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, जिल्ला सभापति डिपी खनाल, सहसचिव कृष्ण पाण्डे लगायतले रक्तदानको आवश्यक्ता र महत्वबारे प्रकाश पारेका थिए । मानव अधिकार तथा शान्ति समाजका अनुसार आज ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि शान्ति समाजले आवश्यक स्वास्थ्य सुरक्षा सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हाे ।

यसैगरि शान्ति समाजको कपिलवस्तु शाखा र रेडक्रस वाणगंगा उपशाखाको संयुक्त आयोजनामा वाणगंगामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गरेका छन । साथै काठमाण्डौ जोरपाटीको दक्षिण ढोकास्थित शान्ति बाटिकामा शान्ति समाज काठमाडाैं शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा श्रीकृष्णराज पुडासैनी, रुपा भट्टराई, सुर्यमान तामाङ, सविता खनालसहित २७ जनाले रक्तदान गरेका छन ।

यसैगरी शान्ति समाज नवलपरासी वर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिरहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शान्ति समाजका शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गरेका थिए । उता रौतहट शाखाद्वारा चन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेलसहित १६ जनाले रक्तदान गरेका थिए भने नुवाकोट शाखाद्वारा विदुरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति नारायण श्रेष्ठसहित ८ जनाले रक्तदान गरेको जनाइएको छ ।

यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा सम्पन्न रक्तदान कार्यक्रममा डा.रेखा रेग्मीसहित २० जनाले र चितवन शाखाद्वारा रक्तदाता दिवसकै अवसरमा ६ जनाले रक्तदान गरेको बताइएको छ । यता ललितपुर शाखा र एकता बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा ललितपुरको नखिपोटमा आयोजित रक्तदान कार्यक्रममा ७ दर्जन बढीले रक्तदान गरेका छन ।

पर्सा शाखा र युवा समाज वीरगञ्जको आयोजनामा वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रम शान्ति समाजका सभापति प्रेम पटेल, उप सभापति जिनुमाया मानन्धर, सचिव सुनिन्द्र ठाकुर, सदस्य मृतुन्जय वर्णवाल, बिमल अग्रवाल लगायत ५२ जनाले रक्तदान गरेका छन । यस्तै विश्व रक्तदाता दिवसकै अवसरमा दाङ्ग शाखाले लामो समयदेखि रक्तदान गर्दै आएका ब्यक्ति र संघ संस्थाहरुको सहभागितामा रक्तदान जीवनदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : ३४ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका