४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजदेखि लकडाउन थप कडा हुने, अटेर गरे छ महिना कैद



काठमाडौ । सरकारले हिजोदेखि लगाएको लकडाउनमा आजदेखि थप कडाई गर्ने भएको छ । विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन आव्हान गरिएको लकडाउनमा समेत मानिसहरु सडकमा देखिएपछि कडाई गर्न लागेको हो ।

काठमाडौं उपत्यकामा बिहानदेखि प्रहरीले सडकमा पास बाहेकका सवारी साधन गुड्न दिएका छैनन । आजदेखि खाद्यान्न र औषधिका पसल खोल्न दिने गृह मन्त्रालयको निर्देशनपछि केही पसलहरु खुलेका छन् । तर, पसलहरुमा समेत खासै ग्राहक देखिएका छैनन् । पसलमा पनि सामान किन्ने र तत्काल घरघरमा गएर बस्न प्रहरीले माइकिङ गरिरहेका छन् ।

लकडाउनको दिन प्रहरीले केही खुकुलो समेत गरेको थियो । अपर्झट लकडाउन गरिएकाले कतिपयको बाध्यतालाई बुझेर प्रहरीले स्कर्टिङ गरेर समेत सेवा दिएका थिए । तर, आजदेखि काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउँदै लकडाउन कडाई गर्न लागिएको महानगरीय प्रहरीका प्रमुख डीआइजी विश्वराज पोखरेलले बताउनुभयो ।

रातभर समेत प्रहरी परिचालन व्यापक बनाएको छ । बिहानैदेखि मुख्य सडकमा प्रहरीको बाक्लो उपस्थिति देखिएको छ । सडकमा सेल्फी खिच्ने र रमाइलो हेर्नेहरुमाथि आजदेखि प्रहरीको कडाई कारवाही हुने प्रहरीले बताएको छ ।

मंगलबार प्रहरीले सम्झाउँदै पठाउने गरेपनि बुधबारदेखि कडाई गर्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबारदेखि काठमाडौं प्रहरी कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।

लकडाउन कडाईसँगै पक्राउ गर्ने सम्भावना समेत बढेको छ । लकडाउन उल्लंघन गरे छ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ ।

अत्यावश्यक परे सुरक्षा निकाय, प्रशासन र महानगरपालिकाहरुमा खबर गर्न समेत आव्हान गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ३९ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा