२३ बैशाख २०८१, आइतबार | May 5, 2024

मझगाउँ विमानस्थल सञ्चालन गर्न एक करोड जम्मा



कञ्चनपुर । मझगाउँ विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणलाई रु एक करोड रकम उपलब्ध गराएको छ ।

लामो समयदेखि सो विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालन र स्तरोन्नति गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार बीच भएको त्रिपक्षीय साझेदारी अनुसार नगरपालिकाले सो रकम आइतवार प्राधिरकणका बैंक खातामा जम्मा गरेको हो ।

बाँकी रकम आगामी असोज मसान्तसम्म उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्करप्रसाद भट्टले जानकारी दिए । विमानस्थल सञ्चालका लागि भौतिक पूर्वाधार निर्माण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानिय तह बीच गत फागुन त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको थियो ।

सम्झौतामा मन्त्रालयले ५०, सुप प्रदेशले २५ , भीमदत्तले १५ र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम ब्यहोर्ने सहमति भएको थियो । “विमानस्थलका लागि भवन निर्माण, उपकरण जडान, मर्मतसंगै एक हजार छ सय ८५ मिटर रनबे कालोपत्रे गर्ने अगाडी बढाउनका लागि सम्झौता भएको हो” भीमदत्त नगर प्रमुख सुरेन्द्र बिष्टले भने, “विमान स्थलको सुरक्षाका लागि तारवार लगाउने काम पुरा भएको छ । विमानस्थल सञ्चालनका लागि यस अघि सम्भाव्यता अध्ययनसंगै लागत अनुमान पुरा भैसकेको छ ।”

विमानस्थलको रनवे निर्माण गर्नका लागि रु ३७ करोड लाग्ने अनुमान गरिएको छ । रनवेको लम्बाई एक हजार छ सय मिटर हुने बताइएको छ ।

विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अबस्थामा रहेको छ । विमान स्थल सञ्चालन भए पछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ०७ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच