२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बाढीले बेँसीशहर-चामे सडक अवरुद्ध



लमजुङ । आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार मस्र्याङ्दी नदीले सडक भासिएको छ भने सडक माथि भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिराले सडक भासिन पुग्दा सडक अवरुद्ध भइरहेको छ । यहाँ करीब ३० मिटर सडक नै भासिएको छ । सडक अवरुद्ध भएपछि निषेधाज्ञाका बेला सञ्चालन हुने अत्याश्यक ढुवानीका साधन तथा सवारी साधन रोकिनु पर्ने भएको छ ।

त्यस्तै मस्र्याङ्दी गाउँपालिका—४ रामबजारमा रहेको बाघेता युवा क्लवको खेल मैदान मस्र्याङ्दी नदीले बगाएको छ । क्लबका अध्यक्ष विष्णु गुरुङका अनुसार नदीमा पानीको बहाव वृद्धि हुँदा १० मिटर जति खेलमैदान बगाएको र अझै खेल मैदान बगाउने क्रम जारी रहेको छ । खेल मैदान यसै वर्ष गण्डकी प्रदेश सरकारको रु २० लाख र मस्र्याङ्दी गाउँपालिकाको रु पाँच लाख गरी रु २५ लाखमा निर्माण गरिएको थियो ।

त्यस्तै, सोही वडाको जगतमा चन्द्रबहादुर गुरुङको बङ्गुर फार्मसहित ५०/ ५० किलोको दुई वटा बङ्गुर बगाएको वडाध्यक्ष सुमन गुरुङको भनाइ छ । निरन्तर परेको पानीले विभिन्न स्थानबाट बाढी आउनुका साथै मस्र्याङ्दी नदीलगायत खोलाहरुमा पानीको बहाव बढिरहेकाले अझै क्षति हुन सक्ने वडाध्यक्ष गुरुङको भनाइ छ । उनले भने, “भौतिक क्षति भएपनि हालसम्म मानवीय क्षति भने हुन पाएको छैन ।”

यस सडकखण्डमा पर्ने सोही वडाको रामबजार पनि बाढीले केही घरहरु उच्च जोखिममा परेको वडाध्यक्ष गुरुङले बताए । यहाँ २०७५ मा पनि केही स्थानीयवासीलाई बाढीले बगाएको थियो भने घरहरुमा क्षति पुगेको थियो ।

त्यस्तै, बेँसीशहर-चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलामा रहेको बेली बिज्र समेत बगाएको मनाङबाट सुरेन्द्र बरालले जानकारी दिए । उनले भने, “साथै धारापानीको केही घरमा क्षति पुगेको छ भने, नासोँ गाउँपालिका—१ स्थित ताल बजारमा रहेको सबै घरहरु उच्च जोखिम बनाएको छ ।” त्यहाँ रहेका सबै घरहरु मस्र्याङ्दी नदीले डुबाउन सक्ने खतरा बढेकाले त्यहाँका स्थानीहरुको उद्धार भइरहेको उनले बताए ।

दोर्दी खोलाको बाढी सुपरदोर्दी ‘ख’ आयोजना पस्यो
पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट जलविद्युत् आयोजनामा दोर्दी खोलामा आएको बाढी पसेको छ । केही दिनबाट निरन्तर परेको पानीले आज बिहान दोर्दी खोलामा बाढी आउँदा यस आयोजनाको बाँधस्थल भरिएर आयोजनाको सुरुङ, पार्किङ स्थललगायतका स्थानमा बाढी पसेको हो ।

आयोजनाको मुख्य सिरुङमा बाढी पस्न थालेसँगै सुरुङभित्र काम गर्दै गरेका ५०/६० जना कामदारको सहकुशल उद्धार गर्न सफल भएको आयोजनाले जनाएको छ । आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलका अनुसार आयोजनाको विभिन्न भागमा दोर्दी खोलामा आएको बाढी छिरेको छ । हालसम्म आयोजनामा रहेको एउटा ट्याक्टर, पम मेशिनलगायतका सामग्री सो बाढीले बगाएको सिग्देलले बताए ।

हामी यतिबेला आयोजनाको अन्य संरचना तथा सामग्री एवं यहाँका कर्मचारीहरु जोगाउन तयारीमा लागेकाले अरु के कति सामग्रीमा क्षति पुगेको छ भन्ने विस्तृत विवरण आउन बाँकी रहेको आयोजनाका साइट इन्चार्ज सिग्देलले बताए । यतिबेला दोर्दी खोलामा यसअघि २०७६ साउन ८ गते क्षति बनाउने गरेर आएको बाढीभन्दा ठूलो आएको छ । त्यति बेला समेत यस आयोजनामा करीब रु १० करोडको क्षति भएको बताइएको छ ।

त्यस्तै, खोलामा बाढी ठूलो आउने क्रम जारी रहेको र सो बाढीले बाँघ स्थलमा रहेको सिमेन्ट बालुवा खोल्ने ब्याटिङ प्लान्ट बगाउन लागेको आयोजनाका लेखा अधिकृत रामबहादुर काफ्लेले बताउनुभयो । खोलामा असामान्य बाढी आएकाले अझै आयोजनामा क्षति हुन सक्ने उहाँको भनाइ छ । यस आयोजनामा बाढी पसेसँगै सबै निर्माणका कार्य राकिएको आयोजनाले जनाएको छ ।

कूल रु आठ अर्ब ८० करोड रुपैयाँको लगानी रहेको यस आयाजना अन्तिम चरणमा पुगेको छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी हुँदै पटकपटक म्याद थप गर्दै अघि बढिरहेको छ ।
रासस

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ०३ बजे

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

झापा । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार