३२ असार २०८३, बिहिबार | July 17, 2026

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट (पूर्णपाठ सहित)



जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ ।

प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन ।

उनका अनुसार वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा संकलन भएको कुल निक्षेप मध्ये यस प्रदेशको ४।३ प्रतिशत योगदान रहेको छ ।

बजेट प्रस्तुत गर्दै मन्त्री यादवले सरकारले आन्तिरक ऋण एक अर्ब परिचालन गर्ने लक्ष्य लिएको र प्रदेश सरकारले हाल सम्म ऋण नलिएको उल्लेख गरे ।

चालु आर्थिक वर्षको जेठ २० गते सम्म संघीय सरकारबाट प्राप्त भएको वित्तीय समानीकरण अनुदान पाँच अर्ब २६ करोड ५० लाख, राजस्व बाँडफाँटबाट ५ अर्ब ९८ करोड २४ लाख, संघीय सर्सत अनुदान वापत ५ अर्ब १० करोड ७५ लाख, विशेष अनुदान वापत १३ करोड ८३ लाख र समपुरक अनुदान बापत ९२ लाख प्राप्त भएको उनले बताए ।

आन्तिरक राजस्व परिचालन तर्फ ३ अर्ब २ कारेड १ लाख प्राप्त भएको उनले बताए । कुल विनियोजनाको ६२।५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

चालु ७२.३४ र पुँजीगत तर्फ ५२.६६ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश २ सरकारको बजेटको पूर्णपाठ यस्तो छ :-

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/बजेट-बक्तव्य-२०७८.pdf”]

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : २८ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना